१२ चैत्र २०७९, आईतवार

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गा राईले कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सो आन्दोलनका क्रममा घाइते भई निधन भएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए।

उनले स्व लिम्बूलाई शहीद घोषणा गर्न र निजका परिवारलाई उचित क्षतिपूर्ति दिनसमेत माग गरे। यो राजनीतिक विषय भएकाले सबै राजनीतिक दलको चासोको विषय हुनुपर्ने सांसद राईको भनाइ थियो ।

LIVE TV