११ चैत्र २०७९, शनिबार

काठमाडौं । सहज जीवनयापनकालागि वैदेशिक रोजगारमा जानु पर्ने बाध्यता नेपालीको नियति जस्तै बनेको छ ।

नेपालमा काम गर्दा सामान्य जीवनयापनसमेत कठिनाई हुने स्थिति रहेको भन्दै विदेशीने युवाको ग्राफ कति उच्च छ भन्ने जान्न तथ्यांक हेर्नै नपर्ने गरि त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलका दृश्यले बुझाउने गर्छ ।

धन कमाउने आशामा पराई देशमा जानेको लर्को भएपनि उनीहरु सबैको आशा भने पुरा हुँदैन । अझ् कतिको जीवन त उतै अस्ताउछ । कस्तो छ त विदेशमै ज्यान गुमाउनेको वास्तविक अवस्था ?

त्रिभुवन विमानस्थलका दृश्य अवलोकन गर्ने हो भने प्रायका आँखा रसाउने गर्छ । विमानस्थलका दृश्यले प्रष्टै देखाउँछ कि दिनहुँ सयौं युवाहरु वैदेशिक रोजगारीकालागि मुलुक छोड्छन् ।

उनीहरु मध्ये प्राय सबैको उद्देश्य परिवारका सदस्यको जीवनयापन सहज होस भन्ने हुन्छ । धेरैले विदेशकै भरमा परिवार पालेका पनि छन् । तर, विदेश जाने सबैले आफ्ना सपना पुरा गर्दैनन् ।

श्रमकै शिलशिलामा विदेशमै ज्यान गुमाउनेहरुको ग्राफ डरलाग्दो बन्दै गएको छ । चालू आर्थिक वर्षको ६ महिनामा नै वैदेशिक रोजगारमा गएका ६ सय १२ नेपालीले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारीमा गएका ६ सय १२ जनाले ज्यान गुमाएका हुन् ।

६ महिनामा कुन देशमा कति नेपालीले गुमाए ज्यान ?

– साउदी अरेयिबामा ज्यान गुमाउने नेपालीको संख्या १ सय ८५

– मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या १ सय २३

– कतारमा ज्यान गुमाउने नेपालीको संख्या १ सय १७

– युएईमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ४

– कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या ३०

– बहराइनमा ज्यान गुमाउने नेपालीको संख्या १२

– जोर्डनमा ज्यान गुमाउने नेपालीको संख्या २

– टर्कीमा ज्यान गुमाउने नेपालीको संख्या २

– सेसल्समा ज्यान गुमाउने नेपालीको संख्या १

– रोमानियामा ज्यान गुमाउने नेपालीको संख्या ४

– दक्षिण कोरियामा ज्यान गुमाउने नेपालीको संख्या ११ जना

कस्तो छ ६ महिनामा अंगभंग भएर स्वदेश फर्किएकाको अवस्था ?

चालू आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारकालागि विभिन्न मुलुक गएका १ सय १४ जना अंगभंग भएर स्वदेश फर्किएका छन् ।

साउदीबाट ३८ जना अंगभंग भएर फर्किएका छन् ।

 यूएईबाट २४ जना
 कतारबाट २२ जना
 मलेसियाबाट १६ जना
 कुवेतबाट ५ जना
रोमानियाबाट २ जना
कोरियाबाट २ जना

पपुवा न्युगिनी, माल्टा, जापान, इजरायल र क्रोएसियाबाट एक–एक जना अंगभंग भएर स्वदेश फर्किएका छन् ।

यो त केवल ६ महिनाको तथ्यांक हो । वार्षिक तथ्यांक विश्लेषण गर्ने हो भने विदेशमा ज्यान गुमाउने र अंगभंग भएर स्वदेश फर्किनेको ग्राफ डरलाग्दो रुपमा बढी रहेको छ । स्वदेशमा उत्पादन क्षेत्रमा प्रवद्र्धन र औद्योगिकरणको अभाव यसरी नै रहिरहे नेपालीले विदेशमा रोजगारी खोज्ने बाध्यता हट्ने छैन ।

लाखौं नेपाली विदेशमा रहँदा विदेशमै ज्यान गुमाउनेको संख्या घट्ने सम्भावना पनि देखिदैन । नागरिक रक्षाको दायित्व राज्यको हो । तर, अवस्था निकै नाजुक छ । सरकारले नागरिकको जिउ सुरक्षाको दायित्व पूर्णरुपमा बहन गर्ने कहिले ?

LIVE TV