१० चैत्र २०७९, शुक्रबार

काठमाडौं । अष्ट्रलियाको गोल्ड कोस्ट शहरमा “गोर्खाज कप २०२३” नामक एक दिने सुपर एट क्रिकेट प्रतियोगिता हुने भएको छ । गोल्ड कोस्ट क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित गर्दै उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।

गोल्ड कोस्टको दुक्स ओवल मैदानमा हुने प्रतियोगितामा हाल सम्म ५ टोलीले उपाधिकालागि प्रतिस्पर्धा गर्ने पक्का भएको प्रतियोगिताका संयोजक तथा गोल्ड कोस्टमा परिचित नेपाली रेस्टुरेन्ट गोर्खाज किचेनका सञ्चालक मनिष भट्टराईले जानकारी दिए ।

भट्टराईले भने, ‘प्रतियोगितामा अझै धेरै टोलीको सहभागिता रहने अपेक्षा गरेका छौं, नेपाली राष्ट्रिय टोलीको पछिल्लो प्रदर्शन पछि सहभागीमा छुट्टै किसिमको रौनक आएको छ ।’ खेल सँगै परदेशमा रहेको नेपाली सँगको भात्रित्वो साट्न पनि यो प्रतियोगिताले मदत पुराउने आयोजकको दाबी छ ।

प्रतियोगिताको विजेता टोलीले १५०० अस्ट्रेलियन डलर, उप विजेताले १ हजार अष्ट्रेलियन डलरसँगै प्रमाण पत्र र मेडल पाउने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र हरेक खेलको म्यान अफ द म्याचको उपाधि प्रदान गरिने जनाएको छ ।

आइतबार अस्ट्रेलियाको समय अनुसार बिहान ८ बजे बाट प्रतियोगिता सुरु हुने आयोजकले बताएको छ । यस प्रतियोगिताको मुख्य प्रयोजन सक्सेस एजुकेसन एण्ड भिसा सर्भिसेसले गरेको छ भने मल्टि डाइनामिक प्रतियोगिताको प्रयोजन गरेको छ । यस्तै मिदास फाइनान्स, डेसी टड्का, रसोइ मास्टर, भियतनाम ओइ, अन्नपूर्ण बेभरेजले पनि प्रतियोगितामा प्रयोजन गरेका छन् । एक दिने प्रतियोगिताको हस्पिटालिटीको जिम्मा ८८४८ मः मः हाउसले लिएको छ भने नेपाली कम्युनिटी गोल्ड कोस्टले प्रतियोगितालाई टेवा पुराएको छ ।

LIVE TV