
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश संसदबाट दोस्रोपटक विश्वासको मत पाएका छन् ।
शुक्रबार संसदमा विश्वासको मत मागेका मुख्यमन्त्री जम्कट्टेलले पक्षमा ६७ मत प्राप्त गर्दै पुनः दोस्रोपटक विश्वासको मत पाएका हुन् ।
बैठकमा ९१ जना सांसदहरु उपस्थित थिए । उनको विपक्षमा १७ सांसदले हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतका लागि ५६ मत आवश्यक थियो ।
मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एककृित समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका हुन्।