१० चैत्र २०७९, शुक्रबार

काठमाडौँ । नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) काठमाडौंमा एक कार्यक्रमबीच १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को आधिकारिक नतिजा सार्वजनिक गरेका हुन् ।
अब नेपालको आधिकारिक कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । यसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । यस्तै महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ ।

यस पटक बागमती र मधेस प्रदेशमा सबैभन्दा बढी करिव २१ प्रतिशत जनसंख्याको बसोवास रहेको देखिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम जनसंख्या छ ।

त्यस्तै भक्तपुर जिल्लामा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ ।

नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ ।

LIVE TV