९ चैत्र २०७९, बिहीबार
  • अनमोल कार्की

रौतहट । रौतहट क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ले आफ्ना क्षेत्रका नागरिकलाई उनीहरुकै टोलटोलमा गएर भेटघाट गर्ने अभियान चलाएका छन् ।

चुनाव जितेर गएरपछि नेताहरु फर्केर नआउने नागरिकको गुनासो चिर्न भट्टराई अहिले आफ्नो क्षेत्रका विभिन्न टोलहरुमा गएर नागरिकसँग विकास निमार्ण लगायतका विषयमा अन्र्तक्रिया गरिरहेका छन् ।

अहिले नयाँ वजेट निर्माणको चरण भएकाले नागरिकका समस्याहरुका विषयमा अन्र्तक्रिया गर्ने, समस्याहरु बुझ्ने र त्यहीँ अनुसार वजेट निमार्ण गर्ने गरी नागरिक भेटघाटलाई तिब्रता दिएको भट्टराईको भनाइ छ ।

आफूहरुले मत दिएर जिताएका जनप्रतिनिधिहरु जितेर गएपछि नागरिकलाई चट्टक्क बिर्सेर हराउने, उनीहरुको समस्या, गुनासा नसुन्ने, भेट्नै गाह्रो हुने जनगुनासोलाई चिर्दै आफु ५ वर्ष नागरिककै घरआँगनमा नागरिकका कुराहरु सुन्दै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।

‘मैले भोट माग्न आउने क्रममा नागरिकहरुसँग आफु निरन्तर नागरिकको बीचमै रहने, भेटघाट गरिरहने वाचा गरेको थिए’ उनले भने, ‘मैलै आफ्नो सो वाचालाई पुरा गर्दैछुँ । म आफ्नो कार्यकालभरी यसलाई निरन्तरता दिइरहनेछुँ।’

नेताहरु चुनाव जितेर गएपछि अर्को चुनावसम्म हराउने प्रवृतिबाट दिक्क भएका नागरिकहरुलाई प्रदेश सभा सदस्य भट्टराईको यो कदमबाट केही आश जगाएको स्थानियको बुझाइ छ ।

LIVE TV