
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ ।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको उपस्थितिमा सुरु भएको बैठकमा बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरु रहेका छन् ।
६ चैतमा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारका लागि कसरतमा जुटेका हुन् । तत्कालीन गठबन्धन दल एमाले, रास्वपा र राप्रपा सरकारबाट हटेपछि १६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् ।