
- दिनराज कार्की
खोटाङ । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङ अध्यक्ष ललितकुमार राई, जिल्ला प्रशासन कार्यलय खोटाङ प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईमार्फत् प्रधानमन्त्रीको कार्यालय सिंह दरवार काठमाडौंमा ज्ञापन पत्र बुझाइएको छ ।
सरकारले यी रासायनीक मलमा दिँदै आएको अनुदान कटौती गरेपछि यसअघिको भन्दा मूल्य तिनुपर्ने भएको छ । यसअघि युरिया मलमा सरकारले ८० प्रतिशत अनुदान दिँदै आएको थियो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७९ चैत २९ देखी लागु हुने गरी रासायनिक मलमा दिँदै आएको अनुदान कटौती र मलको मुल्य वृद्धि गरेको, किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्य वृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित भएको राप्रपाको ठहर छ ।
कृषिजन्य वस्तुको उत्पादन लागत बढेको अवस्थामा यसले किसानलाई उत्पादन लागत बढाई छिमेकी देशहरुको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने थप जोखिम बढाएको छ । मागबमोजिम खेती गर्ने समय अगावै मल आपूर्ति गर्न नसकेको अवस्थामा गरिएको अनुदान कटौती गर्ने सरकारको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीले किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
अनुदान कटौती तथा मूल्य वृद्धिसम्बन्धी यो निर्णय तत्काल फिर्ता लिन, सर्व सुलभ ढंगले मल आपूर्तिको व्यवस्था मिलाउन, मल आपूर्तिको दीर्घकालिन समस्या समाधानका लागि देशभित्र रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया तत्काल प्रारम्भ गर्न र किसानबाट उत्पादित वस्तुको उचित मूल्य र वजारको व्यवस्था गर्न राप्रपा सरकारको गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपालमा आयत हुने रासायनिक मल मध्य युरिया मल धान, मकै जस्ता प्रमुख बालीका लागि युरिया मल प्रयोग हुने गरेको छ ।