
काठमाडौं । चर्चित गायिका एलिना चौहानले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले केही दिन अघि सामाजिक संजाल इन्स्टाग्राममा तस्बीर राख्दै आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।
पछिल्लो समय ‘धोकेबाज हौ तिमी’ बोलको गीतबाट झनै ख्याति कमाएकी एलिना अष्ट्रेलिया बस्दै आएका विष्णु सापकोटा सँग प्रेम सम्बन्धमा रहेको चर्चा चल्दै आएको थियो ।
उक्त चर्चालाई प्रमाणित गर्दै एलिनाले शनिबार विष्णुसँगको तस्बीर सार्वजनिक गरेकी हुन् ।
एलिना र विष्णुले यसअघि देखि नै एकअर्काको टिकटक भिडियो सार्वजनिक गर्ने गरेका थिए ।
इस्टाग्राममा तस्बीर सार्वजनिक गर्दै विष्णुप्रति प्रेमिल शब्दहरुसमेत राखेकी छन् ।
View this post on Instagram