
- दान बहादुर बुढा
मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारको नाउरमा रहेको रारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का राज तामाङ विजयी भएका छन् । उनले १ सय १७ मत प्राप्त गरी स्ववियु सभापतिमा पदमा विजयी भएका हुन् ।
निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी बैदेवी बुढाले ७२ मत ल्याइन् । यस्तै सचिवमा नेविसंघका असल बिक निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी बसन्ती रोकाया निर्वाचित भएकी छन् ।
सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल र सपना रावल विजय भएका छन् । रारा बहुमुखी क्याम्पसमा कुल मतदाता संख्या २ सय ६० मध्ये २ सय ७ जना मतदानमा सहभागी रहेको निर्वाचन अधिकृत लालकेशर रोकायाले जानकारी दिए ।