५ चैत्र २०७९, आईतवार

काठमाडौं । आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विराज अर्याल विजयी भएका छन् ।

६६९ मतसहित उनी सभापतिमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०२ मत पाए।

यस्तै, सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् । उनले ४४७ मत ल्याए । मतदान विद्युतीय भोटिङ मेसिनबाट भएको थियो ।

LIVE TV