
काठमाडौं । आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जित हासिल गरेको छ । स्ववियु सभापतिमा नेविसंघका पुष्कर शाही निर्वाचित भएका हुन् ।
स्ववियु सचिवमा भने अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् । विद्युतीय भोटिङ प्रणाली अपनाएर निर्वाचन सम्पन्न गरिएको थियो ।
यसअघि अखिल क्रान्तिकारीले जित हासिल गर्दै आएको यस क्याम्पसमा नेविसंघले यसपटक झण्डा फहराएको छ ।