५ चैत्र २०७९, आईतवार
  • तारा आचार्य

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको मतदानमा ३ हजार १६६ मत खसेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मोरङमा रहेका आंगिक र सामुदायिक क्याम्पसमा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

मोरङमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका १० वटा आंगिक र सामुदायिक क्याम्पस रहेकोमा ७ वटामा आइतवार निर्वाचन भएको थियो भने एउटामा निर्विरोध, एउटामा सर्वसम्मत र एउटामा सोमवार निर्वाचन हुने बताइएको छ ।

विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, डिग्री क्याम्पस र नर्सिङ क्याम्पसमा निर्वाचन सम्पन्न भईसकेको र मतगणना गर्ने तयारी भईरहेको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ५ हजार ७ सय ९० मतदाता रहेको छ ।

LIVE TV