
- रितिक अधिकारी
महोत्तरी । नेपाल सितोरियो कराँते संघ महोतरीले ५ जनालाई सम्मान गरेको छ । नेपाल सितोरियो कराँते महासंघ मधेश प्रदेशको फागुन २० गते भएको भेलाबाट चयन भएका ५ जना पदाधिकारीहरुलाई सम्मान गरिएको नेपाल सितारियो कराँते संघ महोतरीका अध्यक्ष देव कुमार लामाले जानकारी दिए ।
महोतरी क्षेत्र नम्बर १प्रदेश सभा (क) कि प्रदेश सभा सदस्य शारदा देवी थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल सितारियो कराँते महासंघ मधेश प्रदेश समितिका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ५ जना नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
सम्मानित हुनेमा नेपाल सितोरियो कराँते महासंघ मधेश प्रदेशका नवनिर्वाचित अध्यक्ष राम चन्द्र ठाकुर, वरिष्ठ उपाध्यक्ष अशोक कुमार पहाडी, उपाध्यक्ष जिवछ भगत, सचिव कसम लामा र कोषाअध्यक्ष पाल्छाङ योन्जन रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाइ महोतरी क्षेत्र नम्बर १ प्रदेश सभा (क) कि प्रदेश सभा सदस्य थापाले सम्मान पत्रका साथ सम्मान गरेकी नेपाल सितारियो कराँते संघ महोतरीका सचिव जीवन कुमार लामाले जानकारी दिए ।