
- ललिता साह
सप्तरी । पूर्वनिर्धारित समयअनुसार महेन्द्र विन्देशरी बहुमुखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगनपछि पुनः सुचारु भएको छ ।
आइतबार बिहार्नैबाट शुरु भए पनि विद्यार्थी संगठनहरुबीचको विवादका कारण स्थगित भएको थियो । तर, समझदारीसँगै अहिले पुनः मतदान सुचारु भएको छ ।
मतदान स्थगित हुनुपूर्व दिउँसो १ बजेसम्म पाँच सय मत खसिसकेको छ । जम्मा मतदाता संख्या १९ सय १७ रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
निर्वाचन समितिकै मिलेमतोमा समाजवादी विद्यार्थीको संयुक्त प्यानलकातर्फबाट सभापतिको उम्मेद्वार रंजित कुमार यादवलाई मतदान स्थलभित्र पसेर मत माग्न लगाएको तथा तीन सय विद्यार्थीको परिचयपत्र समाजवादीले कब्जा गरेको अनेरास्वयु , नेविसंघ र जनमत विद्यार्थीका नेताहरूले आरोप लगाएका छन् ।
विधार्थी नेता आनन्द झाका अनुसार सहमतीविपरीत एकातिरको उम्मेदवारलाई मतदानस्थल जान दिइएको र अरास्वयुका सभापतिका उम्मेद्वार हलाई कुटपिट समेत गरिएको छ । तीन सय बढी विद्यार्थी कार्ड कब्जा गरेर समाजवादी विद्यार्थीले बुथ कब्जा गर्न खोजेको आरोप लगाइएको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियनको संयुक्त प्यानल तथा समाजवादी विद्याथी संगठनको संयुक्त प्यानलका विद्यार्थीहरुबीच परिचयपत्र कब्जा गरेको र सहमतीविपरीत उम्मेदवारलाई मतदानस्थल जान दिएको भन्दै विवाद बल्झेको थियो । दुबै पक्षको विवादले उग्ररूप लिएपछि दिउँसो एक वजेबाट स्वतन्त्र विद्याथी युनियनको मतदान रोकिएको विद्यार्थी नेता रामचन्द्र यादवले जानकारी दिए।
विधार्थी संगठनहरुको आपसी विवाद भएकोले उनीहरूकै समझदारीमा आवश्यक थियो। तर, मतदान गर्न आउने विद्यार्थीलाई सहज मतदान गर्ने वातावरण मिलाएको निर्वाचन समितिका अध्यक्ष रामशिष यादवले जानकारी दिए।
मतदान स्थगनबारे क्याम्पसको तर्फबाट निर्वाचन समितिले तीन बजेसम्म कुनै प्रकारको औपचारिक सूचना जारी गरेको छैन । असन्तुष्ट विद्यार्थीहरुले प्रहरी र क्याम्पस प्रशासनमाथि ढुंगामुढासमेत गरिएकोले चार घण्टा मतदान स्थगन गरिएको जिल्ला प्रहरी प्रवक्ता नरेश कुमार सिंहले बताए ।
हाल कलेज परिसरभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी दुई सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई लिएर आइतबार दिनभभर कलेज तनावग्रस्त रहे पनि अनेक प्रयास र प्रहरी प्रशासनको सक्रियताले साढे ३ बजेबाट पूनः मतदान सुचारू भएको क्याम्पस प्रमुख राजिव कुमार मिश्रले बताए।