
- गगन अयडी
बाजुरा । बाजुरा जिल्लाको पुर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बुढीनन्दा क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ ।
अनेरास्वावियु र नेविसंघबीच दोहोरो झडप भएपछि नेपाल प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बोहोराले बताए।
झडपमा प्रहरीले २७ राउण्ड गोली फायर गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएका छन् । दोहोरो झडपले उग्ररूप लिएपछि प्रहरीले हवाई फायर गरेको प्रहरी प्रमुख बोहराले बताए ।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बाजुराको बुढिनन्दा क्याम्पसमा पनि मतदान सुरु भएको केही घण्टामा झडप भएको थियो । मतदान सुरू भएदेखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएको र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएको प्रहरीले जनाएको छ ।
बुढिनन्दा क्याम्पसमा ४ सय १२ जना मतदाता संख्या रहेको क्याम्पसले जानकारी दिएको छ । दुई विद्यार्थी संघठनबीच दोहोर झडप भएपनि अहिले भने मतदान सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।