५ चैत्र २०७९, आईतवार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ । आईतबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनित गरिएको बताए । उनले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको पनि बताए ।
‘पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको छ भने पार्टीका महासचिव कमरेड वेदुराम भसाललाई उपाध्यक्षमा मनोनय गरिएको छ,’ उनले भने, ‘यो सर्वसम्मत निर्णय हो । पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरु उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरिएको छ ।’

केन्द्रिय सचिवालय सदस्यको संख्या १९ पु¥याइएको जानकारी समेत दिँदै उनले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पनि बताए । साथै अबदेखि पार्टीका सांसदहरु संसदमा सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय समेत भएको छ । ‘केन्द्रिय सचिवालय सदस्यको संख्या १९ गरिएको छ । हाम्रो पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । र, अबबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरिएको छ । सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइसकेको छैन,’ उनले भने ।

 

LIVE TV