५ चैत्र २०७९, आईतवार
  • रितीक अधिकारी

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाका विभिन्न तीनवटा वडाका अती विपन्न मुस्लिम समुदायका परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । हरिपुर नगरपालिका २,३ र ५ का अती विपन्न २ सय ४८ मुस्लिम समुदायका परिवारलाई प्रति परिवार रु पाँच हजार छ सय २५ बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको इस्लामीक रिलिफ नेपालले जनाएको छ । आफुहरुको महान चाड रमजानको मुखैमा खाद्यान्न सहयोग प्राप्त भएपछि निकै खुसी लागेकोे बताए । आफ्नो समुदायको महान पर्व रमजानलाई लक्षित गर्दै हरिपुर नगरपालिकासंगको समन्वयमा इस्लामीक रिलिफ नेपाल र बागमती सेवा समाज हरिवनले राहत स्वरुप खाद्यान्न सामाग्री सहयोग गरेको प्रति सहयोगी संस्थालाई धन्यवाद समेत दिए ।

आफुहरुको महान चाड रमजानलाई लक्षित गर्दै पर्व आउनु भन्दा खाद्यान्न सामग्री पाएपछि एकदम खुसी लागेकोे बताईन् । आफुहरुको महान पर्व रमजानको मुखैमा खाद्यान्न सहयोग प्राप्त भएपछि निकै खुसी लागेको छ । सर्लाहीको हरिपुर र इश्वरपुर नगरपालिकामा गरी १ हजार २ सय ४० विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गर्न सुरुभएको होे । नगरपालिकाले अति विपन्न भनी सिफारिस गरेपछि उनीहरुलाई खाद्यान्न सहयोग सुरु गरिएको छ । शनिवार,आईतवार र सोमबार तीन दिन गरि हरिपुरका २ सय ४८ मुस्लिम परिवारलाई चामल, दाल, खानेतेल, चिनी,नुन गरी ५ हजार ६ सय २५ बराबरको खाद्यान्न वितरण गरिने बागमती सेवा समाज जनाएको छ ।

फुसको घर भएका,आफनो खेती योग्य जमिन न्यून रहेका,दैनिक आम्दानीको स्रोत नभएका, मासिक आम्दानी १५ हजार भन्दा न्यून भएका,विपद्को जोखिममा रहेका वा क्षेती ग्रस्त , अती विपन्न तथा पछाडि पारिएका,अपाङ्गता,गर्भवती महिला,बालबालिका र वृद्ध घरमुली भएका,टुहुरा बालबालिका तथा कुपोषित बालबालिका भएका,दिर्घरोगी लगायतका परिवारलाई खाद्यान्न सामाग्री वितरण सुरु गरिएको हो । पहिलो दिन दुई सय ४८ जना विपन्न मुस्लिम समुदायका परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको र क्रमश हरिपुरको विभिन्न वडा गरि करिब छ सय विपन्न परिवार तथा ईश्वरपुर नगरपालिकाको विभिन्न वडाका गरि करिब छ सय विपन्न परिवारलाई गरि कुल एक हजार दुई सय ४० विपन्न परिवारमा खाद्यान्न सामग्री वितरण गरिने छ ।

शनिवार,आईतवार र सोमबार गरि तीन दिनमा २ सय ४८ मुस्लिम परिवारलाई चामल, दाल,खानेतेल,चिनी र नुन गरी रुपाँच हजार छ सय २५ बराबरको खाद्यान्न सामग्री वितरण गरिने छ । खासगरी फुसको घर भएको, आफनो खेती योग्य नम्बरी जग्गा न्यून भएको, दैनिक आम्दानीको स्रोत नभएको, मासिक आम्दानी १५ हजार भन्दा न्यून भएको, विपद्को जोखिममा रहेको वा क्षेती ग्रस्त , अती विपन्न तथा पछाडि परिएको , अपाङ्गता, गर्भवती महिला, बालबालिका र वृद्ध घरमुली भएका, टुहुरा बालबालिका तथा कुपोषित भएको , दिर्घरोगी भएको घरपरिवारलाई खाधान्न सामग्री वितरण गरिन हो ।

LIVE TV