५ चैत्र २०७९, आईतवार
  • अस्मिता तिवारी

काठमाडौं । नेपालका अधिकांश सरकारी र निजी अस्पतालहरुमा मापदण्ड अनुसार चिकित्सक तथा जनशक्तिको अभाव छ ।

बिरामीको चाप अनुसार जनशक्ति नहुँदा रोग पहिचान तथा उपचारमै समस्या हुने गरेको छ । अझ अन्य संकायको तुलनामा बाल रोग विशेषज्ञको संख्या अत्यन्तै न्यून छ ।

कतिपय अवस्थामा बालबालिकालाई उपचारको क्रममा शल्यक्रियाको आवश्यकता पर्छ तर नेपालमा बाल शल्य चिकित्सकको अभाव हुँदा बालबालिकाको उपचार निकै चुनैतिको विषय बन्ने गरेको छ ।

नवजात शिशु देखि १८ बर्षसम्मका बालबालिकाको उपचारका क्रममा आवश्यक पर्ने सम्पूर्ण उपचार पद्धति बाल चिकित्सा सेवा अन्र्तगत पर्छन् । अन्य उमेर समुहका मानिसको तुलनामा बालबालिकाको हेरचाह र उपचार धेरै गर्नू पर्ने हुन्छ । तर बिडम्बना नेपालमा बाल रोग विशेषज्ञको संख्या असाध्यै न्यून छ ।

जन्मजात नै बालबालिकाहरु विभिन्न स्वास्थ्य समस्या लिएर जन्मेका हुन सक्छन्, यस्तो अवस्थामा सामान्यदेखि शल्यक्रियसम्मको आवश्यता पर्ने हुनसक्छ । अझं, नेपालमै उपचार सम्भव भएका कतिपय रोगको उपचारको क्रममा आवश्यक पर्ने जनशक्ति र प्रर्याप्त स्र्रोत साधन अभावका कारण उपचारकै लागी नारगरिक बाहिरीन बाध्य छन् ।

त्यस्तै हालत छ बाल स्वास्थ्य सेवाको पनि । देशको कुल जनसंख्या मध्ये ३३ प्रतिशत जनसंख्या १८ बर्ष मुनिका बालबालिकाको छ । नेपाल मेडिकल काउन्सिलको तथ्याङ्क अनुसार नेपालमा ७ सय ८१ बाल रोग विशेषज्ञ दर्ता भएका छन् जुन ३३ प्रतिशत बालबालिकाको उपचारका लागी निकै न्यून हो ।

त्यसमा पनि बालबालिकाको उपचारमा अति आवश्यक पर्ने बाल शल्य चिकित्सकको संख्या २९ मात्रै छ । यसमध्ये सरकारी सेवामा ५ जना मात्रै रहेका छन् । बिरामीको संख्या अनुसार जनशक्ति अभाव हुँदा सेवा प्रवाह देखि रोग पहिचानमै कठिनाइ हुने बाल शल्य चिकित्सको अनुभव छ ।

देशका अधिकांश नीजि तथा सरकारी अस्पतालमा जनशक्ति अभावका कारण जनरल सर्जरीका चिकित्सकले पनि बाल शल्य चिकित्सा सम्बन्धि सेवा दिदै आएका छन् । दुई सय शैया माथिका अस्पतालमा कम्तीमा १ बाल शल्य चिकित्सको आवश्यकता पर्ने जानकारहरुले बताउँदै आएका छन् ।

यद्यपी सरकारी सेवामा बाल शल्य चिकित्सकको दरबन्दी कम रहेकाले सरकारले यस विषयमा गृहकार्य अगाडी बढाउनु पर्ने आवाज उठ्दै आएको छ । बाल शल्य चिकित्सकले बालबालिकाको मुटु, कलेजो, स्नायु, मृगौला जस्ता जटिल शल्यक्रिया अन्र्तगतका उपचार गर्नुपर्ने हुन्छ । बालबालिकाको उपचार समय र जनशक्ति दुबैको हिसावले जटिल पनि मानिन्छ ।

त्यसैले पनि यसमा विषेश सर्तकता अपनाउनु पर्ने हुन्छ । आवश्यकता अनुसार जनशक्ति र उपकरण अपुग हुँदा गुणस्तरीय सेवा प्र्रवाह गर्न नसकिने चिकित्सकहरुले बताउने गरेका छन् ।

LIVE TV