
- डिलबहादुर सिंह
डोटी । असिना पानीका कारण डोटीका विभिन्न स्थानमा लगाइएको कृषिबाली, तरकारी, फलफुल उत्पादनमा क्षती पुगेको छ ।
डोटीका बोगटान फुड्सिल गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, बडिकेदार गाउँपालिका लगायतका स्थानमा असिनाका कारण कृषि उत्पादन र फलफूलमा क्षती पुगेको हो ।
असिना पानीका कारण डोटीका किसानहरु मारमा परेका छन् । गहुँ, तोरी, फलफुल, तरकारी लगायतमा समेत असीनाले क्षती पु¥याएको छ । यो बर्ष हिउँद याममा पर्याप्त बर्षा नभएका कारण कृषि उत्पादन पर्याप्त नहुँने चिन्तामा रहेका किसानलाइ अत्याधिक रुपमा आएको असिनाका कारण थप पीडा थपिएको छ ।
किसानले भित्र्याउन लागेको तोरीलगायत साग तरकारी र फल लाग्न शुरु भएका फलफूलमा असिनाले बढि नोक्सान गरेको छ । स्थानीयले सरोकारवालाले क्षतीको बिवरण संलकन गरि आबश्यक राहतको ब्यवस्था गर्न माग समेत गरेका छन् ।
स्थानीय तहहरुले असिनाका कारण भएको क्षतीको बिवरण संकलन गरिरहेको बताएका छन् । एक्कासी आएको अत्याधिक असिनाका कारण कृषि उत्पादन र फलफुलमा क्षती भएको जानकारी आए सँगै समुदाय स्तरमा क्षतीको एकिन विवरण संकलन गरि राहतको तयारी भइरहेको स्थानीय तहका प्रमुखहरुले बताइरहेका छन् ।
जिल्लाका ग्रामीण क्षेत्रमा वर्षासँगै अत्याधिक असिना पर्न थाले पछि आकाशमा बादल लागेसँगै कृषकलाई असिना आउने चिन्ताले सताउन थालेको छ ।