
काठमाडौँ । तिलगंगामा गाडीको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका– ९ स्थित तिलगङ्गामा ना ३ ख ६०६४ नंको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेत गम्भीर घाइते भएकी थिइन् । उनको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो ।
गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए ।
यसैबीच काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।