
काठमाडौं । युद्ध अपराधको अभियोगमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
बीबीसीका अनुसार आईसीसीले पुटिनविरुद्ध बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाएको पनि आरोप लगाएको छ ।
रुस र युक्रेनबीच २४ फेब्रुअरी २०२२ देखि युद्ध जारी छ । सो क्रममा रुसले युक्रेनलाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा रुसले युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । तर सो अपराधलाई रुसले स्वीकार गर्न सकेको छैन ।
उता रुसको विदेश मन्त्रालयले भने ‘इन्टरनेशनल क्रिमिनल कोर्ट’को फैसलाले आफ्नो देशमा कुनै अर्थ नराख्ने प्रतिकृया दिएको छ ।