४ चैत्र २०७९, शनिबार

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका–१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए ।

उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो ।

बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदाजाँदा २ हजार रुपैयाँभन्दा बढी खर्च लाग्यो ।

नरहरिनाथ गाउँपालिकाबाट मान्म आउनजान दुई दिन लाग्छ । बुढाले नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म आउन ५ सय रुपैयाँ गाडी भाडा तिरे । त्यहाँबाट मान्मसम्म आउन थप ३ सय रुपैयाँ गाडी भाडा लाग्यो ।

‘मान्मसम्म आउँदा जाँदा मेरो करिब २ हजार ५ सय रुपैयाँ खर्च भयो,’ केही दिनअघि मान्ममा भेटिएका उनले भने, ‘पाँच किलो नुनको ४५ रुपैयाँ पर्छ । त्यही नुन ल्याउन अढाइ हजार रुपैयाँ खर्च भयो।’ कालिकोटमा साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने आयोडिनयुक्त एक किलो नुनको मूल्य नौ रुपैयाँ पर्छ ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

LIVE TV