
- रितीक अधिकारी
महोत्तरी । महोत्तरीको बर्दिवासमा चौँथो बर्दिबास महोत्सवको (आज) शुक्रबारबाट विधिवत रुपमा उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै उनले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत ढकालल व्यक्त गरे ।
कोभिडका कारण विश्वकै व्यापार व्यवसाय, पर्यटन प्रवद्र्धन, कृषि उत्पादन र बजारी करण, उद्योग तथा कलकारखाना सबै क्षेत्र धरासयी बनेको वर्तमान अवस्थामा यस्ता महोत्सवले आर्थिक कारोवारमा टेवा पुग्ने ढकालले विश्वास ब्यक्त गरे । उद्योग व्यापार र कलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण गर्दै प्रबद्र्धन गरौं’ भन्ने भावका साथ बर्दिबासमा महोत्सवको आयोजना गरिएको हो ।
बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा चौथो बर्दिवास महोत्सव लगाइएको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु बहादुर खड्काले जानकारी दिए । महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने खड्काले बताए ।
महोत्सव परिसरमा करिब १ सय ७० वटा भन्दा बढी व्यापारिक स्टलहरु राखिएका छन् भने महोत्सव सम्पन्न गराउन ५५ लाख खर्च हुने अनुमान गरियको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्ण बहादुर खड्काले जानकारी दिए । अध्यक्ष खड्काका अनुसार बर्दिबासमा महोत्सव सम्पन्न हुदा बर्दिबास महोत्सवले ६० लाखको हाराहारीमा आमदानी हुने अनुमान आयोजकको गरेको छ ।