
- मुस्कान श्रेष्ठ
वीरगञ्ज (पर्सा)। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई क्वालिफायर छनोटमा पुर्याउन सफल वीरगञ्जका २ जनालाई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले मोटरसाइकल पुरस्कार दिने भएको छ ।
विश्वकप लिग २ को खेलमा ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले नेपाललाई एतिहासिक जित हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा दुवैलाई पुरस्कारस्वरुप १÷१ थान मोटरसाईकल प्रदान गर्ने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए।
आज एक विज्ञप्ति जारी गर्दै उनले २ खेलाडीको प्रशंसा गर्र्दै महानगरको तर्फबाट यामाहा कम्पनीको एफ जेड–एफ वानमोटरसाईकल प्रदान गर्ने घोषणा गरे। राष्ट्रको शीर उच्च बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना समेत दिए।
नगरप्रमुख सिंहले प्रतियोगितामा सहभागि वीरगञ्जका दुवै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरबको विषय भएको बताए। उनले राष्ट्रका गहनालाई सम्मान रप्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरुले वीरगञ्जका उर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको बताए।