
काठमाडाैँ । संघीय गणतन्त्र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यही मार्च २६ देखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमणमा निस्कने भएका छन् । उनी चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा चीन जान लागेका हुन् ।
चीनकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले यस बारे शुक्रबार जनाकारी दिएका छन् । भ्रमणको विस्तृत विवरण र तालिका भने सार्वजनिक हुन बाँकी रहेकाे बताइएकाे छ ।
यसैबीच, चीनका राष्ट्रपति सी चिनफिङ रूस भ्रमणमा जाँदै छन् । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा रहने तय भएकाे छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले शुक्रबार यस बारे जानकारी दिएका हुन् ।