३ चैत्र २०७९, शुक्रबार

काठमाडाैँ । सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको लागि भइरहेकाे निर्वाचनमा मतदान जारी छ ।  बिहान ११ बजेसम्मको मतदानमा २२० मत खसेको जनाइएकाे छ ।

सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् ।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।

pk/fi6«klt kbdf dtbfg ug{ ;xefuL ;f+;b
sf7df8f}F, # r}tM
pk/fi6«klt kbsf] lgjf{rgsf nflu dtbfg ug{ z’qmaf/ gofFafg]Zj/l:yt ;‹Lo ;+;b ejgdf nfda4 ;f+;b . tl:a/M rGb|snf If]qL÷/f;;

LIVE TV