२ चैत्र २०७९, बिहीबार

काठमाडाैँ । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ जनालाई सम्मान र हौसला स्वरुप जनही रु २१,००० प्रदान गर्ने घोषणा गरेको छ ।

यस बिषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुनील केसीले भने, “खेलाडीहरु राष्ट्रका गौरव हुन् । खेलाडीको मनोबल उच्च कायम राखिराख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ।“

२०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग– २ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल बिहीबारकाे फाइनल म्याचमा युएआइसँग भिड्दैछ। यस खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ, जसमा नेपालले पहिलोपटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ।

बुधबार बैंकले घाेषणा गरेकाे नगद पुरस्कारले पनि बिहरबारको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेविश्वास बैंकले लिएको छ ।

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली उक्त खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए ।

LIVE TV