
काठमाडौं । महिनावारीसँग जोडिने शारीरिक पिडा र मानसिक स्वास्थ्यका बारेमा पटक–पटक बहस र पैरवी भइरहन्छ ।
जसको प्रमुख कारण राज्यबाट कुनै पनि किसिमका संरचनागत सुधार नहुनु हो । त्यसैको, फलस्वरुप महिलाहरु महिनावारीको समयमा उत्पन्न शरीरीक तथा मानसिक तनावका विच कार्यलय पुगेर काम गर्न बाध्य छन् ।
महिलाहरुमा महिनावारी हुन प्राकृतिक नियम हो । तर, यहि प्राकृतिक नियम कामकाजी महिलाहरुका लागि असहज र पीडादायी समय समेत हुने गर्दछ । महिनावरीको समयमा पेट, कम्पर र ढाड दुख्ने समस्या सामान्य मानिए पनि केहि महिलामा यो समस्या असह्य हुने गर्दछ ।
महिनावारीको समयमा दुखाई कम गर्ने औषधी सेवन गरेरै भए पनि कार्यलयमा जानु पर्ने र काम गर्नु पर्ने बाध्यता विभिन्न पेशामाआवद्ध महिला कर्मचारीहरुको बाध्यता बनेको छ ।
महिलाहरु महिनावरीको समयमा आइपर्ने विभिन्न खाले समस्याबाट गुजर्ने गर्दछन् । अझ कार्यलयबाट फिल्डमा खट्ने महिलाहरुलाई महिनावारी भएको समयमा शरीरीक पीडामात्र होइन मानसिक पिडा समेत थपिने गर्दछ ।
नर्सिङ पेशालाई शान्त र सबैसंग सधै नरम भएर बोल्नु पर्ने पेशाका रुपमा हेर्ने गरिन्छ । तर, नर्सिङ पेशामा लागेकी मोनिका पोखरेल महिनावारीलाई सामान्य रुपमा लिने गरे पनि यो समयमा हुने शारीरीक पीडासंगै मानसिक चिड्चीडापनले आफु र आफ्नो पेशालाई समेत असर गरेको बताउँछिन् ।
त्यस्तै, व्यस्त सडकमा सवारी साधान व्यवस्थित गर्न विच सडकमा खटिने महिला ट्राफिक प्रहरीको समस्या पनि उस्तै छ । सडकमा खटिएको समयमा महिनावारी भइहालेमा निकै समस्या झेल्नु पर्ने ट्रफिक प्रहरी शान्तिकला थापाको अनुभव छ ।
यद्यपी, काठमाठौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्ट भने, महिनावारीले समस्या पर्दा महिला ट्राफिक प्रहरीलाई डीयूटी सेड्यूल मिलाइदिन गरेकोे बताउछन् ।
पत्रकारीतामा पेशमा आवद्ध महिला पत्रकारहरु पनि रिर्पोटिङका क्रममा महिनावारी भए वा महिनावारीकै क्रममा बाहिर जानु पर्ने अवस्थामा कहाँ जाने र के गर्ने भन्ने तनावले पिरोल्ने बताउँछन् ।
विश्वका केहि देशहरु जापान, इन्डोनेसिया, चीन, दक्षिण कोरिया जस्ता देशहरुले महिनावारी विदा नीति अवलम्बन गरेका छन् ।
छिमेकी मुलुक भारत कै कुरा गर्ने हो भने महिनावारीको विदाको नीति देखिदैन । तर भारतमा संचालित दुई कम्पन्नीहरुले सन् २०१७ देखि नै आफ्ना महिला कर्मचारीहरुलाई आवश्यक पर्दा विदा दिने गरेका छन् ।
नेपालमा पनि महिनावारी विषयमा बहस चले पनि सबै महिलाहरुका लागि महिनावारी विदा उपयुक्त नहुने जानकारहरु बताउँछन् ।
सबैखाले संस्थाहरुमा महिलाहरुलाई महिनावारी विदा व्यवहारीक रुपमा उपयुक्त नहुन सक्छ । तर, महिनावारीका समयमा महिलाहरुलाई हुने शारीरीक र मानसिक समस्यालाई बुझेर कार्य क्षेत्रमा केहि सहजता र लचकता अपनाउन भने आवश्यक देखिन्छ ।