
काठमाडौं । यसै साता शुक्रबार धुलिखेलस्थित एक होटलमा नेपालकै अग्रणि एग्रो समूह रुङ्टा ग्रुपले पर्ल चामलको १५ औं वार्षिक उत्सव मनाएको छ ।
“गुणस्तर र स्वादको १५ वर्षको विरासत” नाराका साथ मनाइएको उक्त कार्यक्रममा आफ्ना वितरकहरुलाई “पर्ल परिवार” भनी सम्मान गरिएको थियो ।
विगत १५ वर्षमा उक्त ब्राण्डले हाशिल गरेको उचाईको मुल्यांकन गर्दै प्रबन्ध निर्देशक राजेश रुङ्टाले आफ्नो गुणस्तर, डिस्ट्रिब्युटर र शुभचिन्तककै कारण आज यहाँसम्म आइपुग्न सफल भएको बताए । सोही अवसरमा सम्मानित भएकी पर्ल चामलकी ब्रान्ड एम्बेस्डर नायिका स्वस्तिमा खड्काको पुनः २ वर्ष आवद्धता नविकरण गरिएको छ ।
खाद्यान्न चामल, दाल, तेलका अतिरिक्त कुखुराको दाना उत्पादन गर्दै आएको समूहले हालैमा हेटौडामा अत्याधुनिक ह्याचरी प्लान्ट मार्फत एकदिने चल्ला उत्पादन गर्न थालिसकेको, तथा नारायणगढमा अत्याधुनिक दाना फ्याक्टरी निर्माण भईरहेको जानकारी समूहका अध्यक्ष प्रदिप रुङ्टाले दिए। मुरलीधर रुङ्टाले सन् १९६८ मा शुरु गरेको उत्पादन तथा व्यवसायको लयलाई हाल उक्त समूहको तेस्रो पुस्ताले समय अनुकुल आधुनिकीकरण तथा विस्तार गर्दै लगेको छ ।