२८ फाल्गुन २०७९, आईतवार

काठमाडाैँ । राजेन्द्र घिमिरेद्वारा लिखित मुक्तक संग्रह ‘इसारा’ र निश्चल घिमिरेको ‘अस्त्र’ लोकार्पण गरिएकाे छ । शनिबार मुक्तक मञ्च काठमाडौँद्वारा आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. जगत् उपाध्याय “प्रेक्षित” को प्रमुख आतिथ्यतामा उक्त कृतिकाे संयुक्त लोकार्पण गरिएकाे हाे ।

कार्यक्रममा विशेष अतिथिहरु प्रा.डा. गार्गी शर्मा, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ डा .कौसिला रिसाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, समाजसेवी डा. तारा पोखरेल, डा. सत्यराज थपलिया, डा. दामोदर पुडासैनी किशोर, आर. एम .डङ्गोल लगायतकाे उपस्थिति थियाे ।

पिता र पुत्रकोको एउटै विधामा एउटै प्रकाशनगृहबाट प्रकाशित भएका कृति एउटै मञ्चमा लोकार्पण गरिएकाे हाे । सामाखुसीकाे  स्काइ पार्टी प्यालेसमा सम्पन्न यो कार्यक्रमको संचालन रबिना घिमिरे जिज्ञासुले गरेकी थिइन् । स्वागत मन्तव्य तारा केसी, धन्यवाद ज्ञापन कल्पना भुसाल कल्पितले गरेका थिए भने कार्यक्रमकाे अध्यक्षता रेणु अधिकारी मौनताले गरेकी थिइन् ।

कार्यक्रममा गिरिराज पोखरेल, लिथुनियाका बाणिज्य दुत एवं समाजसेवी शोभाकर हरि न्यौपाने, नाट्य तथा संगीत प्रतिष्ठानका प्राज्ञ सदस्य पुरु लम्साल, डा. वासुदेव काफ्ले, सशांक मासिकका सम्पादक उमेश पाण्डे, बैरागी जेठा, नोबेल साकोसका संचालक राजन न्यौपाने, बादल घिमिरे, बलराम दाहाल, भैरबी भूगोललगायत उपस्थित थिए ।

 

LIVE TV