
मनाङ । हिमपातपछि मनाङका रमणीय भूभागहरु झनै रमणीय देखिएका छन् । ङिस्याङ गाउँपालिका वडा नं. ६ स्थित मनाङ गाउँ र आसपासका दृश्य हिमपातपछि टलक्क टल्किँदै झन् रमणीय देखिएका हुन् ।
लामो समयपछि शुक्रबार यहाँ हिमपात भएको थियो । शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता टलक्क टल्किएको हो ।

तस्वीर : रासस