
- इन्दिरा चाम्लिङ
ब्रसेल्स । स्पेनमा युबराज राईको अध्यक्षतामा किरात राई सोसाईटी स्पेन गठन भएको छ। यसै हप्ता स्पेनको म्याड्रिडमा भौतिक र जुम बैठकले सो समाजको गठन गरेको हो ।
समाजको सल्लाहकारहरुमा नरायण हाङ राई (मालागा), गोपाल राई (मालागा) विद्या राई (बार्सिलोना) रहेका छन् । त्यसैगरी उपाध्यक्षमा माया राई (बार्सिलोना), महासचिवमा नन्द कुमारी राई (माड्रीड), सचिवमा देव खिम्दुङ राई (मालागा), कोषअध्यक्षमा सानू राई (माड्रीड)
र सह-कोषअध्यक्षमा पुर्ण राई (बिलबाउ) रहेका छन् ।
भिमा राई (माड्रीड) विशिस्ट सदस्य रहेकी छन् भने कार्यसमिती सदस्यहरुमा सब्रिना राई (मालागा), एषणा राई (माड्रीड), उमेश राई (माड्रीड), प्रतिमा राई (माड्रीड), मनोज राई (माड्रीड), कृष्ण राई (माड्रीड), झर्ना राई (माड्रीड), पल्लब राई (माड्रीड) रहेका छन् ।
समाजले आगामी मे महिनामा साकेलाको आयोजना गर्ने र बृहत कोष खडा गर्दै जाने निर्णय गरेको छ ।