
- दिलीप सहनी
सिरहा । तलब माग्र्दै सिरहा नगरपालिकामा कार्यरत रहेका सफाई र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । सिरहा बजारमा रहेको फोहोरलाई सफाईकर्मीहरुले सडकभरी फालेर तलब माग्दै प्रदर्शनमा उत्रियो ।
सिरहाको इमली चौकबाट सडकमा फोहोर फाल्दै सफाईकर्मीहरुले बजारको विभिन्न ठाउँ हुँदै महावीर चौक पुगेर फर्किने क्रममा वडा प्रहरी कार्यालय सिरहाका इन्चार्ज राजेश यादवको नेतृत्वको प्रहरी टोलीले हस्तक्षेप गर्न थालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
वडा प्रहरी कार्यालय सिरहाका प्रहरी इन्चार्ज यादवले प्रहरी र नगरपालिकामा कार्यरत केही कर्मचारीलाई साथमा लिएर सडकमा फालिएको फोहोर बारुणी यन्त्रको सहायताले पानीको फोहोरा दिन थाल्यो । मागबारे बेवास्ता गर्दै पानीको फोहोरा दिएर फालिएको फोहोर सफा गर्न थालेको जानकारी पाएर सिरहाको इमली चौकमा जम्मा भएका आन्दोलित सफाईकर्मीहरु पुस्तकालय अगाडि गएको थियो ।
सफाईकर्मी समूहकै केही व्यक्तिले पानीको फोहोरा दिन सघाउ पु¥याएको देखेर आन्दोलत भएका सरसफाईकमीहरु झण आक्रोशित भएको प्रत्यक्षदर्शीहरुको भनाई छन् । आक्रोशित सफाईकर्मीलाई प्रहरीले ठेलम ठेल गर्दा झडप हुन पुगेको उनीहरुले बताएका छन् ।
झडपको क्रममा प्रहरीले प्रहरीले लाठी चार्ज गर्दा सफाईकर्मीको हातमा भएको झाँडु प्रहरीमाथि हानेको थियो । झडपमा आन्दोलनकारी र प्रहरी घाइते भएका थियो । घाइते भएकाहरुलाई समान्य उपचार पछि घर पठाइएको प्रादेशिक अस्पताल श्रोत बताए ।
उदासिन नगरपालिका
तलब नपाएर आन्दोलित भएका सफाईकर्मीहरु फोहोर फाल्दै बजारको विभिन्न ठाउँ घुम्यो । बजारमा पानीको फोहोर दिइयो । मागबारे गम्भीरता देखाउनुको साटो पानीको फोहोरा दिँदा आक्रोशित सफाईकर्मी र प्रहरीबीच झडप भयो । दुबैतिर दर्जनौं घाइते भए ।
विहान ८ बजेबाट सुरु भएको आन्दोलनमा झडप पछि एघार बजे सिरहा नगरपालिकाको कार्यालय पुग्दा प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवको कार्यकक्षमा ताला लागेको थियो । नगरप्रमुख डा.नविन यादवको उपस्थिति पनि देखिएन् । लेखा शाखामा जिम्मेवार व्यक्तिको उपस्थिति नभएको बुझियो ।
‘काम विषेशले आफु घर गएको थिए । घरबाट जिल्ला प्रशासनको बैठकमा पुगे आन्दोलनबारे खासै जानकारी भएन्,’जिल्ला प्रशासन कार्यालयमै भेटेका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवले,‘सफाईकर्मीहरुको तलब शुक्रवारै गइसकेको छ । बैंकले हाल्दै होला ।सफाईकर्मीलाई तलब गएकोबारे जानकारी नभएको हुन सक्छ । यो समस्याबारे कार्यालयमा भएको अन्य शाखाका कर्मचारीले सफाईकर्मीलाई जानकारी दिनुपर्ने थियो ।’
के, कहिले देखि र कुन पदमा कार्यरत रहेको हो भन्नेबारे अभिलेख दुरुस्त पार्ने काममा लागेका छौं आउने केही महिनामा तलबबारे सबै समस्या समाधान हुने उनले दाबी गरे ।
सडकमा बारुणी यन्त्र चलेकोबारे प्रमुख प्रशासकिय अधिकृत यादवले अन्यभिज्ञता प्रकट गरे । उनले भने,‘बारुणी यन्त्र चलेको हो भने यतिका गर्नुपर्ने आवश्यकता देखिएको छैन् । तलब गएको हो भनेर सफाईकर्मीलाई जानकारी मात्र दिनुपर्ने थियो । तलब पठाएर काम विषेश घर जाँदा खालीको समयमा केही समस्या सृजना भयो निकास निकाल्छौं ।’
सफाईकर्मीहरु भन्छन्
‘गएको चार महिना देखि तलब पाएका छैनौं,’आन्दोलित सफाईकर्मीहरुले भने,‘विहान र बेलुकाको छाक टार्न तलब वाहेक कुनै बिकल्प छैन् । उधारो र पैचो लिँदा लिँदै आजित भइसक्यौं । बजारमा हामीलाई उधारो पाउन मुस्किल हुन थालेका छन् ।’
‘पानी र चिसोको प्रवाह नगरी विहान पाँच बजे देखि सडक सफाईमा लाग्ने गरेका छौ,’सफाईकर्मी संजय मलिकले भने,‘काममा इमान्दारिता अपनाए पनि तलबमा कच–कच किन ?’ आफ्नो स्वास्थ्यको प्रवाह नगरी नगरबासीलाई स्वस्थ्य राख्न सफाई कार्यमा लाग्दै गर्दा स्वास्थ्य सुरक्षा सम्बन्धी कुनै सामग्री नगरपालिकाले उपलब्ध नगराएको उनीहरुले गुनासो गरेका छन् ।
‘महिना पुग्दा तलब माग्न जाँदा अब तलब दिन्छु तब तलब दिन्छु भन्दै चार महिना पुग्यो,’सफाईकर्मीहरुले भने,‘पछिल्ला केही महिनायता केही व्यक्तिलाई चिन्दैनौं तिमिहरुलाई भनेर नगरपालिकाले मौखिक जवाफ फर्काउन थाल्यो । बाध्य भएर हामी आन्दोलनमा उत्रेका छौं ।’
आज भोली गर्दै होली पर्वको अवसरमा समेत तलब नदिएर पछि घरमा भोको बस्नु भन्दा सडक आन्दोलनमा जान बाध्य भएको उनीहरुले बताएका छन् । कसैलाई काँखा र कसैलाई पाखा गरेर हैन सबैको काम बरावर भएको हुँदा त्यही अनुसारको तलब र अन्य सुविधा पाउनु पर्ने हाम्रो माग रहेको उनीहरुको भनाई छन् ।
अर्कोतिर तलब नपाएर विभिन्न पदमा कार्यरत रहेका स्वास्थ्यकर्मी र सामाजिक परिचालकहरुले दिनभर सिरहा नगरपालिका कार्यालयमा धर्ना बस्यो । उनीहरुले दिनभर धर्ना बस्दा कार्यालयका कुनै जिम्मेवार व्यक्तिको उपस्थिति भने देखिएन् ।
चार, पाँच गर्दै कतिपयले गएको आठ महिना देखि तलब नपाएर काम गर्दै आएको धर्नामा बसेकाहरुले बताएका छन् ।