
- रितिक अधिकारी
सर्लाही । लायन्स क्लब अफ लालबन्दी सिटीले सर्लाहीको हरिपुरस्थित एक विद्यालयलाई १० थान डेक्स प्रदान गरेको छ । लायन्स क्लबले हरिपुर नगरपालिका–७, पचगछियामा रहेको श्रवण जनता प्राथमिक विद्यालयलाई १० थान डेक्स-बेन्च सहयोग गरेको हो ।
केही दिनअघि विद्यालयमा सहयोग प्रदान गर्न जाँदा बालबालिकालाई पठनपाठनका लागि डेक्सको अति नै अभाव रहेको देखेपछि लायन्स क्लबले शिक्षकहरु मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले बताए ।
न्यौपानेकाअनुसार लायन्स क्लब डिष्टिक ३२५ एच का कोषाध्यक्ष कविन्द्र जोशीले व्यक्तिगत खर्चमा डेक्स उपलब्ध गराएका हो ।
जोशीले उपलब्ध गराएको डेक्स लायन्सका वर्तमान अध्यक्ष चिरन्जीवी खतिवडा, पूर्व अध्यक्ष न्यौपानेलगायत भएर विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
सामाजिक क्षेत्रमा काम गर्दै आएका व्यक्ति लालबन्दी सिटीका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेको पहलमा विद्यालयका बालबालिकालाई स्कुल डेक्स-बेन्च सहयोग गरिएको विद्यालले जनायको छ ।
बालबालिकालाई डेक्स-बेन्च सहयोग मिलेको भन्दै आफू खुसी भएकोविद्यार्थी र अभिभावकहरुको भनाइ छ । पठनपाठनमा सहयोगमा पुर्याउने सहयोगले बेन्च प्रदान गरिएको ।
बेन्च वितरणले विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालय पठनपाठनमा ठूलो उत्प्रेरणा जगाएको र उपलब्ध गराइदिएकोमा लायन्स क्लब अफ लालबन्दी सिटीका निवर्तमान अध्यक्ष राजकुमार न्यौपान विद्यालयका शिक्षक शिक्षिकाहरुले ठुलो सहयोग गरेको भन्दै धन्यवाद समेत दिएका छन् ।