१५ फाल्गुन २०७९, सोमबार
  • रितीक अधिकारी

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मुद्रासम्बन्धी अपराधिक षडयन्त्र गरि ठगी गर्ने सात जनालाई पक्राउ गरेको छ ।

सर्लाही जिल्लाका विभिन्न स्थानहरुबाट मुद्रासम्बन्धी अपराधिक षडयन्त्र गरि ठगी गर्ने सात जनालाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

सूवेदीका अनुसार जिल्लाका विभिन्न सिमानाकाहरुबाट मुद्रा सम्बन्धी अपराधिक षडयन्त्र गरि ठगी गर्ने उद्धेश्यले विभिन्न अपराधिक पृष्ठभूमीका मानिसहरुले समाजिक संजाल(ह्वाट्सएप)को प्रयोग गरि विभिन्न अवसरहरु पठाई सम्पर्कमा ल्याई ठगी तथा मुद्रा सम्बन्धी कसूरको अपराधिक षड्यन्त्रण गर्ने गरेका सात जना मानिसहरुलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो ।

मुद्रा सम्बन्धी अपराधिक षडयन्त्र गरि ठगी गर्ने मानिसहरुले एकको तीन अर्थात तीन गुणा बढी पैसा दिन्छु भनि समाजिक संजाल(ह्वाट्सएप)मा पैसाको फोटो तथा भिडियोहरु बनाई विभिन्न व्यक्तिहरुलाई पठाई प्रलोभनमा पारी विश्वास दिलाई आफ्नो अनुकुल तथा सुरक्षित स्थानमा बोलाई योजनाबद्ध तरिकाले छापामार शैलीमा लुटपाट गर्ने गरेको गुनासो आएपछि सात जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको सर्लाहीका प्रहरी उपरिक्षक सुवेदीले बताए ।

जिल्लाको गोडैता ३ मधुवनी गाउँबाट भारत बिहार सितामढी ग्राम पंचायतका शत्रुधन कुमार भगत र मृत्यून्जय कुमार सिंह सहित सात जना मिलेर एकको तीन दिन्छु भन्दै माथी र तल नेपाली रुपैया र बीचमा खाली कागजलाई राखी रु. ४२ लाख ७५ हजार ठगी गरेका थिए ।

त्यसैगरी गोडैता नगरपालिका ३ स्थित बगदह देखी बहादुरपुर जाने कच्ची सडकमा दक्षिणबाट उत्तर तर्फ आई रहेको सवारी साधनलाई चेकजाँच गर्दा रु.एक हजारका दरका नोटको बीचमा सोही आकारको कागज राखेको ६९ बण्डल समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरीनायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।

उनका अनुसार जिल्लामा पटक–पटक एकै प्रकृतीका घटनाहरु दोहोरिदै जाने र विभिन्न व्यक्तिहरु अपराधीक षड्यन्त्रमा फस्ने र पीडित पनि हुने भएकोले जिल्ला प्रहरी कार्यालय सर्लाहीले गम्भिर रुपमा अनुसन्धान गर्दै जाँदा सात जना पक्राउ परेका हुन् ।

मंलगवा नगरपालिका ८ सिमाक्षेत्रबाट रु.एक हजारका दरका एक सय १५ थान कुल रु एक लाख १५ हजार,मलंगवा नगरपालिका ९ बाट विभिन्न आकारका नेपाली नोटहरुसंग मिल्ने रबरले बाँधेको कागजका गड्डीहरु रु ९९ बण्डल र पैसा आकारको कागज काट्ने मेशिन थान एक थान नियन्त्रणमा लिएर कार्वाही प्रकृया अगाडी बढाईएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले बताए ।

सीमा क्षेत्रमा पर्ने विभिन्न नाकाहरु एकान्त स्थानहरुमा अझै पनि मुद्रा सम्बन्धी अपराधिक षडयन्त्र गरि ठगी गर्ने मनसायले विभिन्न व्यक्तिहरुको चहल पहल भई रहेको व्यापक जन गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । भने अपरिचित मानिसहरुका साथै प्रलोभनमा पार्ने मानिसहरुसंग यस्ता कार्य नगर्न,नगराउन सर्लाही प्रहरीले जिल्लाबासीहरुसंग आग्रह गरेको छ ।

 

 

LIVE TV