
काठमाडौं । भावी राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नाम चर्चामा आएपछि चर्को हल्ला छ।
नेकपा एस भित्रै माधव नेपाल राष्ट्रपति बन्ने विषयले पानी धमिल्याएको छ । अर्थात पार्टीमै अविश्वास र शंकाको माहौल बनेको छ ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपि ओलीबाट आफूलाई राष्ट्रपतिको प्रस्ताव आएकोबारेमा नकारेका छैनन्, तर प्रष्ट ढंगले प्रस्ताव आएको पनि भनेका छैनन् ।
राष्ट्रपतिको चर्चामा बारम्बार आइरहने अर्का आकांक्षी नेता झलनाथ खनाल अहिले झनै झस्केका छन् ।
पार्टीले राष्ट्रपति पद पाएमा झलनाथलाई अघि बढाउने नीति प्रष्ट थियो । तर माधव नेपालको चर्चाले बजार पिटेपछि झलनाथको प्रतिकृया छ— त्यो हल्ला मात्रै रहेछ । अध्यक्षले पार्टी बैठकमा प्रस्ताव आएको प्रष्ट पार्नु भएकै छैन ।
झलनाथको आसाय थप के छ भने— ‘पार्टीमा छलफल हुनुपर्ने र टुंग्याउनु पर्ने विषयलाई एकमना ढंगले अघि नबढाइयोस् ।’
उनी माधव नेपाल राष्ट्रपति बन्ने सवालमा खासै उत्साहित छैनन् । दर्शकवृन्द, माधव नेपाललाई एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेका हैनन् भन्ने खण्डन पनि एमालेबाट आएको छैन । यति विघ्न हल्लाखोर हुँदा समेत एमाले र स्वयं अध्यक्ष ओलीले प्रस्ताव गरेकै छैन भनेर इन्कार गरेका छैनन् । अर्थात एमालेको मौनताले माधव नेपाललाई प्रस्ताव गरिएको भन्ने देखाउँछ ।
चर्चा के छ भने माधव नेपाल राष्ट्रपति हुने, एमालेमा गएर नेकपा एस विलय हुने अर्थात पार्टी एकता हुने ।
त्यसो हुँदा नेकपा एसका सांसद पनि एमालेमा गाभिनेछन् र केही अन्तबाट समेत तानतुन गरेर संसदमा कांग्रेसलाई पनि उछिनेर एमाले पहिलो ठूलो दल बन्ने छ ।
त्यो अवस्थामा प्रचण्डलाई प्रधानमन्त्रीबाट बेदखल गरेर संसदको पहिलो दलको हैसियतमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ ।
यो स्थितिको आंकलन गरेर बसेका नेपाली कांग्रेस र माओवादीले के माधव नेपाललाई राष्ट्रपति बन्न देलान् ? एमालेलाई पहिले दल बन्न देलान् ? त्यसैले मामला सहज छैन ।
यतिबेला एक पक्षको राजनीतिक खेमा राष्ट्रपतिको विषयलाई लिएर नेकपा एसमा गएर अडिएको छ । यसको यथार्थ के हो ?
हेरौँ नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडा गरेको कुराकानी
(भिडियो)