२६ माघ २०७९, बिहीबार

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरु सम्मेलित उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक आज ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्षसमेत रहेका संयन्त्रको संयोजक केपी आलीबीच बुधबार भएको छफलमा उक्त बैठक आज बस्ने निर्णय भएको थियो ।

सोही बैठक अनुसार आज दिउँसो ३ बजे उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

उक्त बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मत र सरकारको काम कारवाहीका विषयमा छलफल हुने जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज विश्वासको मत लिँदैछन् । नागरिक उन्मुक्ति पार्टीले रावलको पक्षमा मत नहाले आजै सरकार ढल्नेछ ।

अहिलेसम्म सुदरपश्चिम प्रदेशका विषयमा दलहरुबीच समझदारी जुट्न सकेको छैन ।

उता राष्ट्रपति चयनका विषयमा पनि सत्ता साझेदार दलहरुबीच नै एकमत हुन सकेका छैनन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् भने नेकपा एमाले अध्यक्ष ओली भने आफ्ना उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने पक्षमा छन् ।

LIVE TV