
काठमाडौं । नेकपा माओवादी केन्द्रले थप दुई जनालाई उपाध्यक्ष बनाएको छ । स्थायी कमिटी बैठकले अग्निप्रसाद सापकोटा र उपमहासचिव पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।
भुसाल यसअघिको पार्टीको उपमहासचिव थिइन् भने सापकोटा सभामुखको जिम्मेवारीपछि पार्टीको राजनीतिमा फर्किएका हुन् । उपमहासचिव भुसाल पार्टी उपमहासचिवबाट बढुवा भएकी छन् ।
थप दुई उपाध्यक्षसँगै माओवादीमा ३ जना उपाध्यक्ष र एक वरिष्ठ उपाध्यक्ष भएका छन् । माओवादीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा कृष्णबहादुर महरासँगै सापकोटा र भुसाल पनि थपिएका छन् ।
यसअघि माओवादीको उपमहासचिवमा पम्फासँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका थिए ।