
काठमाडौं । सोमबारको भूकम्पमा परि टर्कीका एक गोलकिपरको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गोलकिपर अहमेत एयुप तुकास्लानको भूकम्पमा परि मृत्यु भएको हो ।
उनको मृत्यु भएको उनी आबद्ध क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।
‘हाम्रा गोलकिपर अहमेट एयुप तुकास्लान भूकम्पमा परि निधन भएको छ । सुन्दर व्यक्ति तपाईलाई हामी बिर्सने छैनौं,’ द्वीटमा येनी मालत्यास्पोरले भनेको छ ।
२८ वर्षीय गोलकिपर तुकास्लान २०२१ मा येनी मालत्यास्पोमा आबद्ध भएका थिए । उक्त क्लव टर्कीको दोस्रो डिभिजनको क्लव हो ।
उनी आबद्ध भएपछि उक्त क्लवबाट उनले ६ पटक खेलेका थिए । सोमबारको भूकम्पमा ८ हजार बढीको मृत्यु भइसकेको छ । भूकम्पको केन्द्रविन्दु टर्की र सिसियाको सीमा क्षेत्रमा थियो ।
Başımız sağ olsun!
Kalecimiz Ahmet Eyüp Türkaslan, meydana gelen depremde göçük altında kalarak, hayatını kaybetmiştir. Allah rahmet eylesin, mekanı cennet olsun.
Seni unutmayacağız güzel insan.😢 pic.twitter.com/15yjH9Sa1H— Yeni Malatyaspor (@YMSkulubu) February 7, 2023