२४ माघ २०७९, मंगलवार
  • मोहन कृष्ण होमागाईं

उषाकिरण बोकेको कलिलो सूर्य
गोदावरी फुल जस्तै झुकाब र माधुर्य
कोइलीको जस्तै स्वर माला
मृग नयना र बतकचाला
तिमीलाई देख्दा लाग्छ यस्तो-
तिमी हौ चित्रकलाकी पाठशाला

गुलावीओठहरु चञ्चल नजर
पूर्ण चाँदनीझैँ वेदाग अधर
सप्तरंगी हावाको लहरजस्तै
कपाल मधुवनको प्रहरजस्तै
लाग्छ दृश्यावलोकनको रहरजस्तै
तिमी रंगिन फूलहरुको सहरजस्तै
सुगन्धित स्वर्णकी तिमी उर्वसी
पहिचान गरुँ म कुन कसीमा घसी
स्वादसहित नवनितकी हो मधुशाला
तिमी हौ जीवनमोहकी शुभ पाठशाला

वेदऋचाझँै तिमीलाई घोक्न मन छ
मन मुक्तिबनाई बोक्न मन छ
आँखाँमा सजाई रोक्न मन छ
अनि सुन्दर स्वप्न सोच्न मन छ
वृक्ष बनाइ मुटुमा रोप्न मन छ
कहीँ कसैको नजर लाग्ला
आत्माको त्रिपालबनाई छोप्न मन छ
मनमोहनकी तिमी कृष्ण माला
प्रित सम्मोहनकी तिमी पाठशाला ।

हाल : जर्मनी

LIVE TV