
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक स्थगन भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको बताए। उनले चाँडै नै बैठकको मिति तय गरिने जानकारी दिए।
एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।