
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति कार्याालयले सोमबार विज्ञप्तिमार्फत तीनै जनाको राजीनामा स्वीकृत भएको जानकारी गराउँदै २ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई तोकेको छ ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए । उनीहरुको राजीनामा स्वीकृत भएसँगै रिक्त २ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हालेका छन् । रिक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रचण्डले सम्हालेका छन् ।