२२ माघ २०७९, आईतवार
  • मुस्कान श्रेष्ठ

वीरगञ्ज । नेवा देय दबू वीरगञ्ज महानगर कमिटिले वीरगञ्जमा नेवा भोय अर्थात नेवा भोज तथा संस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

लोप हुदै गइरहेको नेवारी समूदायको कला संस्कृतिको संरक्षण र प्रवधनका लागि शनिबार वीरगञ्जमा नेवा भोय तथा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले हाम्रो धर्म, संस्कृति, परम्परा र चाडपर्व नै हाम्रो पहिचान रहेको बताए ।

उनले यही नेवारी संस्कृति अवलोकन गर्न, बुझ्न र अध्यन्न गर्नका लागी पनि विदेशीहरु लाखौ खर्च गरेर नेपाल आउने गरेको जानकारी दिए ।

नगर प्रमुख सिंहले आधुतिकता र बढ्दै गएको व्यवस्तताका कारण हराउदै गएको नेवारी संस्कृति र परम्परालाई पनर्जीवित गर्न नेवार समूदाय एकजुट भई अगाडी बढ्नुपर्ने बताए।

कला, संस्कृति र पर्वको धनी मानिने नेवार समूदायले आफ्नो कला र संस्कृतिको संरक्षण गर्नुपर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको नेवा देय दबू वीरगञ्ज महानगर कमीटिका अध्यक्ष सत्यम खड्गीले जानकारी दिए ।

उनले पुर्खाले धानेको हाम्रो संस्कृतिको संरक्षण गर्ने जिम्मा अब नेवारी युवाहरुको काँधमा आएको बताए ।

नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेकोले बेलाबेला आफनो समूदायको संस्कृतिको संरक्षण गर्ने खालका कार्यक्रम गरि राख्नु पर्ने नेवारी अगुवाहरुको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय कलाकार धिरज राई, नेवारी समूदायको चर्चित समय बजी पुच टोलीको विषेश प्रस्तुती रहेको थियो ।

साथै धिमे बाजा, लाखे नाँच, लगायतका नेवारी संस्कृति प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, नेवा देय दबूका वरिष्ठ उपाध्यक्ष चन्द्र लाल राजभण्डारी, मधेश प्रदेश अध्यक्ष तिलक श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र वैद्य, सदस्य रोशनी श्रेष्ठ, मिसा दबुकी केन्द्रिय उपाध्यक्ष अन्जु श्रेष्ठ, जिल्ला अध्यक्ष मिरा प्रधान, नेवा देय दबू वीरगञ्ज महानगर कमीटिकी सबनम श्रेष्ठ, सुसील श्रेष्ठ लागतय वीरगंजमा बसोबास गर्दै आएका नेवार समूदायको बाक्लो उपस्थिति रहेको थियो ।

LIVE TV