२० माघ २०७९, शुक्रबार

काठमाडौं । शिक्षाविद् विश्वनाथ अर्यालले विद्यालय शिक्षालाई गुणस्तरीय तथा जीवनउपयोगी बनाउन आवश्यक भएको विचार ब्यक्त गरेका छन् । बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ३८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षाविद् अर्यालले सरकारले विद्यालय शिक्षाको विकास र प्रभावकारिता ध्यान दिनु पर्ने बताएका हुन् ।

कार्यक्रममा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक वरिष्ठ पत्रकार विजय चालिसेले विद्यार्थीहरुलाई राष्ट्रिय भावना तथा स्वाभिमान बनाउने खालको शिक्षा र ज्ञानको आवश्यक भएको बताए । कार्यक्रममा विद्यालयका कार्यकारी प्रधानाध्यापक ईश्वरी लामिछानेले अरुणिमा स्कूलले मुलुकको शैक्षिक क्षेत्रमा निर्वाह गरेको भूमिका र योजनाको विषयमा प्रकाश पारेकी थिइन् । अरुणिमा संचालक शम्भुप्रसाद बडालले विद्यालय तहको शिक्षाको चुनौती र समस्यालाई जितेर बिद्यालय अघि बढ्न सक्ने बताए । सञ्चालक समिति सदस्य केशवप्रसाद जोशीले उच्च शिक्षा र बिद्यालय तहको शिक्षाको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा अरुणिमाका कर्मचारी विदुरप्रसाद भट्टराई तथा शिक्षक रजनी श्रेष्ठलाई २० वर्षे दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा अरुणिमाका संस्थापक गोपाल प्रसाद बराल, अरुणिमा आलमुनाइ एसोसिएसनका अध्यक्ष जितेन्द« श्रेष्ठ, सल्लाहकार बटुप्रसाद न्यौपाने, संगिता हमाल र जनकराज ढुङ्गानाले प्रतिष्ठानको शैक्षिक गुणस्तरका विविध पक्षहरूमा प्रकाश पारेका थिए । अरुणिमा शैक्षिक प्रतिष्ठानले बिद्यालय तहको शिक्षामा बिभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

LIVE TV