
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल एक्कासी बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।
उनी पार्टी कार्यालय जाँदै गर्दौ आँफैले हाँकिरहेको गाडीमा बेहोस भएको हुन् । उनी वानेश्वर पुग्दा बेहोस भएको बताइएको छ ।
शुक्रबार पार्टी कार्यालय आलोकनगर जाने क्रममा उनी गाडीमै बेहोस भएका हुन् ।
बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
अहिले उनको अवस्था सुधार भएको अस्पतालले जनाएको छ ।