
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका प्रतिनिधिसभाका सदस्य अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेस गरिएको छ।
नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका उनी बिहीबार कोहलपुरबाट प्रहरीले पक्राउ परेका थिए ।
सांसद चौधरीलाई ट्याक्टर जलाएको मुद्धामा सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद तोकेको थियो। तर उनले १० वर्ष अगाडिको उक्त फैसला अनुसार कैद भुक्तानी गरेका थिएनन् ।
त्यसपछि सांसद चौधरी फरार प्रतिवादीको सूचीमा थिए ।
उनलाई गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र – २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो । सो निर्वाचनमा चौधरी निर्वाचित भएका थिए ।