
- रितीक अधिकारी
सर्लाही । जबर्जस्ती करणी मुद्दा मिलाइदिन्छु भन्दै पीडकसँग पैसा लिएको अवस्थामा एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । दलालले लिएको पैसासमेत सर्लाही प्रहरीले फिर्ता गराएको जनाएको छ ।
मुद्दा मिलाइदिने भन्दै पीडकका अभिभावकसँग रकम लिने गोडैताका प्रभन्स साहलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका साहले आफन्तको माध्यमबाट उनीहरुसँग लिएको १ लाख ५ हजार रुपैयाँ बिहीबार फिर्ता गराइएको सर्लाहीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले दलाल मध्येका एक जना अझै पनि फरार र उनको खोजी कार्य भइरहेको प्रहरीले बताए ।
सर्लाहीको गोडैतामा गत चैतमा एक नाबालिग पोखरीमा घोङ्गी टिप्न जाँदा बलात्कृत भएकी थिइन् । दुई जनाको सहयोगमा एक नाबालका लाइ जबर्जस्ती करणी गरेको मुद्दामा ती तीनै जना बालक थुनामा छन् । थुनामा परेकाहरुलाई छुटाइदिन्छु भन्दै साह सहित फरार दलालले एक बालकका अभिभावकसँग ९५ हजार र अर्का अभिभावकसँग १५ हजार रुपैयाँ लिएको खुलेपछि सर्लाही प्रहरीले पक्राउ गरेका हो । पक्राउ गरी उनिहरुका आफन्तबाट रकम फिर्ता गर्न लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार एक महिलाले छोरा थुनामुक्त गराउन भन्दै ९५ हजार र अर्का अभिभावकले १५ हजार गरी १ लाख ५ हजार रुपैयाँ १० महिना अगाडि नै दलाललाई बुझाएका सर्लाही प्रहरीले जनायको छ । सर्लाहीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक नरेशराज सुवेदी सर्लाही आय सङै दलालहरुको निद हरामनै भयको छ ।