२० माघ २०७९, शुक्रबार

काठमाडौं । नाबालिग बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदन उपर आज सुनुवाइ हुँदैछ ।

लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सोही पुनरावेदनको पेसी आजका लागि तोकिएको हो । धरौटीमा छुटेपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई बन्द प्रशिक्षणमा समेत बोलाइएको छ । उनले आजदेखि नै प्रशिक्षण थाल्ने भएका छन् ।

नाबालिग बलात्कार आरोप लागेका सन्दीप तीन महिनादेखि नेपाली टिमबाट निलम्बनमा थिए। गत भदौ ५ गते राति उनले काठमाडौंको एक होटलमा बालिका बलात्कार गरेको आरोप छ ।

त्यसपछि उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा रिहा गरेको थियो । रिहा भए पनि उनी काठमाडौं बाहिर र विदेश भने जान पाउने छैनन् ।

यही फेब्रुअरी ९ तारिखबाट नेपाल, नामिबिया र स्कटल्यान्डको त्रिकोणात्मक सिरिज आयोजना हुँदैछ । सोहि प्रतियोगिताको लागि क्यानले सन्दीपलाई तयारी गरिरहेको छ ।

LIVE TV