२० माघ २०७९, शुक्रबार

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् ।

उनी बिहीबार साँझ काठमाडौँ आइपुगेका हुन्।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ ।

भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

LIVE TV